लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

प्रेस युनियन कञ्चनपुरका पूर्व अध्यक्ष महता कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

राजनीति

प्रेस युनियन कञ्चनपुरका पूर्व अध्यक्ष महता कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

लिपुलेक खबरलिपुलेक खबर
•१ नोभेम्बर २०२६
प्रेस युनियन कञ्चनपुरका पूर्व अध्यक्ष महता कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरका पूर्व अध्यक्ष चक्र महता नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

नेपाली कांग्रेसको देउवा समूहबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधिमा महता निर्विरोध चयन भएका हुन् । पत्रकारिता क्षेत्रसँगै नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय महताले संगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरको अध्यक्षका रूपमा तीन कार्यकाल नेतृत्व गरेका महता सङ्ग नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सदस्य लगाएत विभिन्न जिम्मेवारीमा रहेर समेत काम गरेको अनुभव छ ।

पत्रकारिता र राजनीतिक संगठन दुवै क्षेत्रमा अनुभव हासिल गरेका महता अब कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको आगामी महाधिवेशनमा सहभागी हुनेछन् ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार