लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

राजनीति

महामन्त्री खड्काको गृह पालिकाका सातै वडाको अधिवेशन सम्पन्न, को–को भए सभापती ?

लिपुलेक खबरलिपुलेक खबर
•५ अक्टोबर २०२६
महामन्त्री खड्काको गृह पालिकाका सातै वडाको अधिवेशन सम्पन्न, को–को भए सभापती ?

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामको चौरपाटी गाउँपालिकाका सातवटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको गृह पालिका चौरपाटीमा देउवा पक्षले सोमबार सबै वडाको अधिवेशन सम्पन्न गरेको हो ।

सोमबार सिउँडी र पायलमा समेत अधिवेशन सम्पन्न भएसँगै देउवा पक्षले पालिकाका सातै वडामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट सातवटै वडामा नयाँ वडा कार्यसमिति गठन गरिएको नेपाली कांग्रेस अछामका युवा नेता महेशबहादुर खड्का ‘डालिमा’ले बताए ।

उनका अनुसार वडा सभापतीमा चौरपाटी गाउँपालिका–१ सिउँडीमा वीरबहादुर थापा, वडा नम्बर २ सोकटमा पदमबहादुर साउद, वडा नम्बर ३ गगुडामा डम्बरबहादुर साउद, वडा नम्बर ४ पायलमा धनबहादुर कुँवर चयन भएका छन् ।

त्यस्तै वडा नम्बर ५ लुङ्ग्रामा महावीर कुँवर, वडा नम्बर ६ दुनीमा नवलसिंह साउद र वडा नम्बर ७ मार्कुमा तुलैसिंह बोगटी वडा सभापतीमा चयन भएका छन् । यससँगै चौरपाटी गाउँपालिकामा कांग्रेसको वडा तहको अधिवेशन प्रक्रिया पूरा भएको छ ।

अब मंगलबार गाउँपालिका अधिवेशन गर्ने तयारी गरिएको समेत युवा नेता खड्काले बताए । यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले गगुडा बाहेक चौरपाटीका अन्य वडामा अधिवेशन सम्पन्न गरिसकेको थियो ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार