लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

महाधिवेशन प्रतिनिधिमा चुनिएपछि निवर्तमान उपप्रमुख ओझाले भनिन्: आगामी निर्णय पार्टीको सल्लाहमा लिन्छु

राजनीति

महाधिवेशन प्रतिनिधिमा चुनिएपछि निवर्तमान उपप्रमुख ओझाले भनिन्: आगामी निर्णय पार्टीको सल्लाहमा लिन्छु

लिपुलेक खबरलिपुलेक खबर
•३० अक्टोबर २०२६
महाधिवेशन प्रतिनिधिमा चुनिएपछि निवर्तमान उपप्रमुख ओझाले भनिन्: आगामी  निर्णय पार्टीको सल्लाहमा लिन्छु

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।

नेपाली कांग्रेसको देउवा समूहबाट खुला महिला तर्फ ओझा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेकी ओझाले जनप्रतिनिधिका रूपमा समेत काम गरिसकेकी छन् ।

महाधिवेशन प्रतिनिधिमा चयन भएपछि ओझाले आगामी राजनीतिक तथा सांगठनिक निर्णय पार्टीका नेता, नेतृत्व र अन्य सरोकारवालासँगको सल्लाह र सुझावका आधारमा लिने बताएकी छन् ।

पार्टी संगठनमा लामो अनुभव र जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभवलाई आगामी दिनमा पनि पार्टी र जनताको हितमा उपयोग गर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार