लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

राजनीति

पिछडिए क्षेत्रतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्काको उम्मेदवारी घोषणा

लिपुलेक खबरलिपुलेक खबर
•६ अक्टोबर २०२६
पिछडिए क्षेत्रतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्काको उम्मेदवारी घोषणा

महेन्द्रनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अछामबाट महाधिवेशन प्रतिनिधि रहेका तपेन्द्र खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

खड्काले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पिछडिएको क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै खड्काले पार्टीभित्र नयाँ ऊर्जा, संस्थागत सुधार तथा जनउत्तरदायी नीतिको आवश्यकता रहेको बताएका छन् ।

उनले सबल, गतिशील र जनउत्तरदायी नेपाली कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरेका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरू, अग्रज नेतागण, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन गर्दै अत्यधिक मतले विजयी गराउन आग्रह समेत गरेका छन् ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार