लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

लिपुलेक खबरलिपुलेक खबर
•१२ अक्टोबर २०२६
बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरका एक व्यक्तिलाई स्थानीय खजुवा जंगलमा लगेर खुकुरी देखाउँदै धाकधम्की दिई कुटपिट गरेको घटनामा संलग्न रहेका पाँच जना प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ बजे रतनपुरका एक व्यक्तिलाई खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धाकधम्की दिई कुटपिट गरिएको थियो ।

घटनाबारे असोज २४ गते ईलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशीष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन् ।

उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए ।

ती व्यक्तिलाई खुकुरी देखाउदै यातना दिइएको भिडियो सार्वजनिक भएपछी घटना बाहिरिएको थियो ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार