लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

कञ्चनपुरमा १६ लाख ८७ हजार रुपैयाँ बराबरको अवैध पटाका बरामद

लिपुलेक खबरलिपुलेक खबर
•७ अक्टोबर २०२६
कञ्चनपुरमा १६ लाख ८७ हजार रुपैयाँ बराबरको अवैध पटाका बरामद

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले १६ लाख ८७ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका अवैध पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुधबार बेदकोट नगरपालिका–७ गाउजीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पटाका बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका विभिन्न प्रकारका पटाकाको अनुमानित मूल्य रु. १६ लाख ८७ हजार रहेको छ । उक्त पटाका आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार