लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

महाकाली सिँचाइको अध्यक्षमा गंगादत्त भट्ट २ मतले विजयी

लिपुलेक खबरलिपुलेक खबर
•३ अक्टोबर २०२६
महाकाली सिँचाइको अध्यक्षमा गंगादत्त भट्ट २ मतले विजयी

महेन्द्रनगर । महाकाली सिँचाइ जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचित भएका छन् ।

अध्यक्ष पदको निर्वाचनमा भट्टले प्रतिस्पर्धी भीमबहादुर थापालाई २ मतले पछि पार्दै जित हासिल गरेका हुन् । मतपरिणामअनुसार भट्टले ६८ मत प्राप्त गर्दा थापाले ६६ मत पाएका छन् ।

यस्तै, संघको उपाध्यक्षमा यज्ञराज भट्ट पुनः निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी दिलबहादुर कुँवरलाई १८ मतको अन्तरले पराजित गरेका छन् । उपाध्यक्ष पदमा यज्ञराज भट्टले ७५ मत प्राप्त गर्दा कुँवरले ५७ मत पाएका छन् ।

अध्यक्ष पदमा भट्ट र थापाबीच निकै कडा प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षमा यज्ञराज भट्टले तुलनात्मक रूपमा फराकिलो मतान्तरसहित जित निकालेका छन् ।

निर्वाचित अध्यक्ष र उपाध्यक्ष लाई ब्लक ‘ए’ को तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

ब्लक ‘ए’ ले नवनिर्वाचित नेतृत्वले महाकाली सिँचाइसँग जोडिएका किसान तथा जल उपभोक्ताका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छ ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार