लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा लालबहादुर धामीको उम्मेदवारी घोषणा

लिपुलेक खबरलिपुलेक खबर
•५ अक्टोबर २०२६
लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा लालबहादुर धामीको उम्मेदवारी घोषणा

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ मा मौलिक लोक देउडा गायक लालबहादुर धामी –अछामी बड्डो) ले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुने महाधिवेशनमा धामीले सुदूरपश्चिम प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् । सुदूरपश्चिमको मौलिक लोक देउडा गीतसंगीतको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने उद्देश्यसहित धामीले प्रतिष्ठानको नेतृत्व तहमा पुग्ने आकांक्षा व्यक्त गरेका छन् ।

मौलिक लोकसंस्कृति र लोकसंगीतको संरक्षणसँगै कलाकारहरूको हकहित, पेसागत सम्मान र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको गायक धामीले बताए । सुदूरपश्चिमको कला, संस्कृति र मौलिक लोकसंगीतलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न प्रतिष्ठानको केन्द्रीय तहमा क्षेत्रको प्रतिनिधित्व प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको सुदूरपश्चिमका कलाकारको जोड छ ।

धामीको उम्मेदवारीलाई सुदूरपश्चिमको लोकसंगीत क्षेत्रको प्रतिनिधित्व र मौलिक संस्कृतिको प्रवद्र्धनसँग जोडेर हेरिएको छ । गायक धामीलाई जिताउन सुदूरपश्चिमका कलाकारहरुले अपिल समेत गर्न थालेका छन् ।

प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीले देशभरका लोक तथा दोहोरी गीतसंगीतसँग आबद्ध कलाकारहरू सहभागी हुने बताइएको छ ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार