लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

कांग्रेस सचिव भट्टले दशैँ खर्च कटाएर विपन्न विद्यार्थीलाई गरे शैक्षिक पोशाक सहयोग

लिपुलेक खबरलिपुलेक खबर
•१९ अक्टोबर २०२६
कांग्रेस सचिव भट्टले दशैँ खर्च कटाएर विपन्न विद्यार्थीलाई गरे शैक्षिक पोशाक सहयोग

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले दशैँमा हुने व्यक्तिगत खर्च कटौती गरेर विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक पोशाक सहयोग गरेका छन् ।

भट्टले भीमदत्त नगरपालिका–१२ का अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेका हुन् । चाडपर्वमा हुने व्यक्तिगत खर्चलाई सामाजिक सेवामा जोड्दै उनले आर्थिक अभावका कारण शैक्षिक सामग्री तथा पोशाकको व्यवस्था गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग गरेका हुन् ।

भट्टले यसअघि पनि विभिन्न विद्यालय तथा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाकलगायत सहयोग गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले आफूले सकेको सहयोग गर्दै आएको उनले बताए ।

शिक्षा प्राप्त गर्ने अवसरबाट कुनै पनि बालबालिका आर्थिक अभावका कारण वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता सहयोगलाई निरन्तरता दिँदै आएको समेत उनले बताए । चाडपर्वमा हुने व्यक्तिगत खर्चलाई कटौती गरेर पोशाल वितरण गरेकोमा भट्टप्रती खुशी व्यक्त गर्दै विद्यार्थीका परिवारले धन्यवाद व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार