लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

समाज

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

लिपुलेक खबरलिपुलेक खबर
•१० अक्टोबर २०२६
महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर । महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्म, दोधारामा कार्यरत सहायक प्रहरी निरीक्षक सागरराज थारु बेपत्ता भएका छन् ।

बर्दिया निवासी थारु तार तान्ने क्रममा प्रयोग गरिएको र्‍याफ्टिङ बोट अनियन्त्रित भएपछि नदीमा बेपत्ता भएको बताइएको छ ।

केही दिनअघि महाकाली नदीमाथि रहेको दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएको क्षेत्रमै तार तान्ने क्रममा उक्त घटना भएको हो ।

घटनापछि बेपत्ता थारुको खोजी कार्य भइरहेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार