लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

कांग्रेस देउवा समुह

कञ्चनपुर–३ प्रदेश सभा क्षेत्र ३ ‘क’ मा विष्ट र ३‘ख’ मा चन्द सभापती चयन

लिपुलेक खबरलिपुलेक खबर
•१० अक्टोबर २०२६
कञ्चनपुर–३ प्रदेश सभा क्षेत्र ३ ‘क’ मा विष्ट र ३‘ख’ मा चन्द सभापती चयन

महेन्द्रनगर । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । देउवा समुहले आह्वान गरेको १५ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा क्षेत्रको अधिवेशनबाट ३‘क’ को सभापतीमा भीमदत्त नगरपालिका–३ का दिपेन्द्र विष्ट र ३ ‘ख’ को सभापतीमा भीमदत्त नगरपालिका–१८ का विरेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै प्रदेश सभा क्षेत्र ३ ‘क’ को उपसभापतीमा केशव बहादुर जोरा, विर बहादुर महरा, सचिवमा कृष्णदेव पन्त, सुरेन्द्र बहादुर विष्ट र सह सचिवमा किसन चन्द,विनोद दमाई निर्वाचित भएका छन् । प्रदेश सदस्यमा विपिन विष्ट,आशा तिरुवा र लक्ष्मी कार्की निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र ३ ‘ख’ को उपसभापतीमा मान बहादुर कुवँर, परमानन्द भट्ट, सचिवमा पंकज भट्ट, प्रकाश सुनार, सहसचिवमा हेम बहादुर बस्नेत, भुपेन्द्र बहादुर विष्ट निर्वाचित भएका छन् । यस्तै प्रदेश सदस्यमा जय बहादुर खड्का, हरिना कार्की र रामचन्द्र धानुक चयन भएका छन् ।

शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल भट्ट, कञ्चनपुरका सभापती पदम बोगटी लगाएतका नेताहरुको उपस्थितिमा नेपाली कांग्रेस १५ औँ महाधिवेशनका कञ्चनपुर जिल्ला निर्वाचन अधिकृत नरेन्द्र भण्डारीले निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचित सभापतीद्धयले पार्टी संगठनलाई थप सुदृढ बनाउदैँ आगामी दिनमा संगठन विस्तार,एकता र पार्टीका गतिविधिलाई प्रभावकारी बनाउदैँ लैजाने बताए ।

यो हो ३ ‘क’ को नवनिर्वाचित टिम

यो हो ३ ‘ख’ को नवनिर्वाचित टिम

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार