लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

राजनीति

बिदाको दिन पनि सेवामा भीमदत्त–२, घरमै पुगेर भत्ता नवीकरण

लिपुलेक खबरलिपुलेक खबर
•३ अक्टोबर २०२६
बिदाको दिन पनि सेवामा भीमदत्त–२, घरमै पुगेर भत्ता नवीकरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी नागरिकलाई घरमै पुगेर सेवा प्रदान गरेको छ ।

शनिबार सार्वजनिक बिदाका दिनसमेत वडा कार्यालयका कर्मचारीहरू घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको काममा खटिएका हुन् ।

वडा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर नवीकरण गरिएको वडाध्यक्ष उत्तम भट्टले बताए ।

'भत्ता नवीकरण गर्न बाँकी रहेका तथा कार्यालयसम्म आउन नसक्ने नागरिकहरुको घरमै पुगेर नविकरण सेवा प्रदान गरिएको छ ।' उनले भने 'कार्यालय सम्म आउन नसक्ने नागरिक कोहि भए समयमै वडा कार्यालयलाई जानकारी गराइदिन समेत सम्पूर्णमा अनुरोध गर्दछौं ।'

सामाजिक सुरक्षा भत्ता नवीकरणको अन्तिम म्याद असोज ३० गतेसम्म मात्र रहेकाले समयमै नवीकरण गर्न वडा कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ । उक्त वडा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको गृह वडा हो ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार