लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

राजनीति

१९ वर्षमै कांग्रेसको वडा सभापति बने पवन कार्की

लिपुलेक खबरलिपुलेक खबर
•३ अक्टोबर २०२६
१९ वर्षमै कांग्रेसको वडा सभापति बने पवन कार्की

महेन्द्रनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय पवन कार्की वडा सभापतिमा चयन भएका छन् ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति गठन गरिएको हो । पार्टीको संगठनमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यअनुरूप कार्कीलाई जिम्मेवारी दिइएको कांग्रेस नेता धर्मराज शाहीले बताएका छन् ।

उनले युवालाई पार्टीको नेतृत्व तहमा अवसर दिनुपर्नेमा जोड दिँदै आफ्नो समूहले वास्तविक युवाहरूलाई संगठनको जिम्मेवारीमा पुर्‍याउने नीति लिएको दाबी गरे ।

युवालाई नेतृत्वमा स्थापित गर्ने विषयसँगै शाहीले पार्टीभित्रको अर्को समूहप्रति टिप्पणीसमेत गरेका छन् ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार