महेन्द्रनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आज दिउँसो २ः३० बजेदेखि मतदान हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै असोज २२ गते दिउँसो २ः३० बजेदेखि ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गरिने जनाएको हो ।
समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचनामार्फत सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई मतदान प्रक्रियाबारे जानकारी गराइएको छ ।
